• vacancy ad
  • भरतपुर महानगरले यसरी गर्‍यो बजेटको प्राथमिकीकरण

  • Ad Space available
  • भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७८/७९ को लागि ४ अर्ब ८१ करोड १२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
    महानगरपालिकाकी उप-प्रमुख  पार्वती शाहले बजेट प्रस्तुत गर्दै शिक्षामा १२ करोड ५० लाख, कोभिड कोष स्थापना गर्न एक करोड ५० लाख, अन्य स्वास्थ्य सम्बन्धी कार्यक्रमका लागि ९ करोड विनियोजन गरेकी छन् ।
    त्स्तै  कृषिमा ८ करोड, पशुपंक्षी विकासतर्फ ८ करोड ७० लाख, शहरी पूर्वाधार, भू-उपयोग तथा वस्ती विकासका लागि ४१ करोड,  निजी क्षेत्रसँगको सहकार्यमा पूर्वाधार निर्माण गर्न तीन करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
    बेरोजगार युवाहरुलाई रोजगारी प्रवर्द्धन गर्न ५ लाख रुपैयासम्मको ऋण उपलब्ध गराउने नीति अघि सारिएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई २ करोड रुपैयाँ, हरेक वडालाई ७०/७० लाख बजेट उपलब्ध गराइने उल्लेख गरिउको छ ।
    बजेट स्रोतको लागि अन्तरसरकारी वित्तिय हस्तान्तरणबाट एक अर्ब ७७ करोड २९ लाख,  आन्तरिक आयबाट एक अर्ब २० करोड, केन्द्र तथा प्रदेश सरकारको राजस्व बाँडफाँडबाट ४४ करोड ८२ लाख ८२ हजार, जनसहभागिताबाट ३० करोड, बैंक मौज्दात १ अर्ब रकम उठ्ने अनुमान गरिएको छ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय