दक्षिण अफ्रिकाकी एक महिलाले एकै पटकमा १० बच्चा जन्माएको दाबी गरेको घटनाले धेरैको ध्यान खिच्यो । दक्षिण अफ्रिकाकी महिला गोसियामी थामारा सितहोलले एकै पटकमा १० शिशुलाई जन्म दिएको भन्दै समाचारहरू आएका थिए ।
समाचारहरूमा सितहोलले प्रिटोरियाको एक अस्पतालमा सात छोरा र तीन छोरीलाई जन्म दिएको बताइएको थियो । तर, अनुसन्धानले उक्त विषय झुटो साबित भएको खुलासा भएको छ।
खाउटेङ प्रान्तका कुनै पनि अस्पतालमा त्यसरी एकै पटक १० बच्चा जन्माएको अभिलेख नरहेको प्रन्तीय सरकारले जनाएको छ । ती महिला हालै गर्भवतीसमेत नरहेको देखाएको बीबीसीले उल्लेख गरेको छ ।
सिफारिस
लोकप्रिय



