• vacancy ad
  • देशभर २,४२१ जनामा कोरोना संक्रमण पुष्टि, ३,५५८ जना निको भए

  • Ad Space available
  • काठमाडौं। देशभर पछिल्लो २४ घण्टामा २ हजार ४२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ४६१ जनाको पीसीआर परीक्षणमा १ हजार ५११ र ४ हजार ९५३ जनाको एन्टिजेन परीक्षणमा ९१० जना गरी २ हजार ४२१ जनामा संक्रमण पुष्टि भएको हो ।

    ad space

    यस्तै कोरोना संक्रमणबाट थप ८१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । जसमध्ये पछिल्लो २४ घण्टामा ५२ जनाको मृत्यु भएको हो भने २९ जना विगतको तथ्यांकमा समावेश नभएको तथ्यांक जोडिएको हो ।

    पछिल्लो २४ घण्टामा ३ हजार ५५८ जना संक्रमणमुक्त भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ५० हजार ५२० रहेको छ । जसमध्ये ४७ हजार २४६ जना होम आइसोलेसनमा र ३ हजार २३४ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

  • ad space
  • सिफारिस