• vacancy ad
  • देउवालाई प्रधानमन्त्री बनाउने रिटमाथि बहस गर्दै ४ अधिवक्ता

  • Ad Space available
  • प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा अन्तिम सुनुवाइ सुरु भएको छ ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनाउनुपर्ने माग गर्दै १४६ निवर्तमान सांसद निवेदक रहेको मुद्दाको अन्तिम सुनुवाइ सुरु भएको हो । आज देउवाको रिटमा मात्रै सुनुवाइ हुने सर्वोच्चले जनाएको छ । आज देउवाकाे तर्फबाट गोविन्द बन्दी, शम्भु थापा, महादेव यादव र बद्रीबहादुर कर्कीले बहस गर्नेछन् ।

    ad space

    सर्वोच्चको संवैधानिक इजलासले २७ जेठमा बुधबारदेखि सुनुवाइ गर्ने गरी आदेश गरेको थियो । विघटनको एक महिनापछि अन्तिम सुनुवाइ प्रारम्भ हुन लागेको हो । आदेशअनुसार विपक्षी राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटालगायतले लिखित जवाफ पेस गरिसकेका छन् ।

    संवैधानिक इजलासको आदेशअनुसार नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनले पनि दुई/दुई जना एमिकस क्युरी सिफारिस गरिसकेका छन् । नेपाल बारले वरिष्ठ अधिवक्ता राघवलाल वैद्य र उषा मल्ल पाठकलाई सिफारिस गरेको छ । यस्तै सर्वोच्च बारले वरिष्ठ अधिवक्ताद्वय कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई सिफारिस गरिसकेको छ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय