सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङले दिँदै आएको छुट सुविधालाई बन्द गरेका छन् । खाद्यान्नमा उपभोक्ताहरूलाई दिँदै आएको छुट निषेधाज्ञा खुकुलो भएसँग बन्द गर्ने निर्णय गरेका हुन् ।
उपभोक्ताहरूले खाद्य र साल्ट ट्रेडिङका बिक्री केन्द्रबाट नुन, तेल, चामल, पिठो, चिनी र खाना पकाउने एसटीसी ग्यास किन्दा २० प्रतिशत छुट पाउँथे । यो व्यवस्था २० जेठबाट लागू गरिएको थियो ।
साल्ट ट्रेडिङ कर्पाेरेसनका सहायक कार्यकारी अधिकृत पंकज जोशीले हालको परिवर्तित स्थितिअनुसार छुट दिन स्थगित गरिएको बताए ।
सिफारिस
लोकप्रिय