काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले सर्वाेच्च अदालतले २० जना मन्त्रीहरू बर्खास्त गर्ने निर्णयप्रति संकेत गर्दै अति भए पछि खति हुने बताएका छन् ।
मंगलवार राति ट्वीट गर्दै उनले भनेका छन्, ‘सर्वाेच्च अदालतको पछिल्ला फैसलाहरुले प्रम ओलीले चालेका असंवैधानिक,अलोकतान्त्रिक एवं राष्ट्रिय हित प्रतिकुल निर्णयहरुलाई बदर गरिदिएको छ।’ उनले संविधान र लोकतन्त्रको धज्जी उडाइएको स्थितिलाई अदालतले एक हदसम्म रोकेको पनि बताएका छन् । अदालतले गरेकाे काम मूलत राजनीतिक भएकाे पनि उनकाे भनाई छ ।
सिफारिस
लोकप्रिय