• vacancy ad
  • स्रोत खुल्न नसकेको ४० लाखसहित एक युवक पक्राउ

  • Ad Space available
  • महोत्तरी। महोत्तरीको मटिहानाबाट आज दिउँसो स्रोत नखुलेको करिब ४० लाखसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा धनुषाको मुखियापट्टी मुसरनियाँ गाउँपालिका–१ का ३८ वर्षीय संजयकुमार साह छन्। साह जनकपुरमा धनलक्ष्मी ज्वेलर्स (सुनचाँदीको पसल) सञ्चालन गर्दै आएका छन्।

    ad space

    टीभीएस कम्पनीको अनटेस्ट मोटरसाइकमा चढेर मटिहानीबाट जनकपुर जाँदै गरेको साहलाई मटिहानी नगरपालिका–९ स्थित विग्ही नदीको पुलमा प्रहरी चौकी मटिहानीका प्रमुख प्रहरी नायब निरीक्षक सुमन सिंहको नेतृत्वमा खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा उनको साथबाट स्रोत नखुलेको ३९ लाख ८० बरामद भएको हो।

  • ad space
  • सिफारिस
    लोकप्रिय