• vacancy ad
  • किशोरीलाई जबरजस्ती गर्ने युवा काठमाडौँमा पक्राउ

  • Ad Space available
  • काठमाडौँ ।१५ वर्षीया किशोरीलाई धुलिखेलबाट काठमाडौं ल्याएर जबर्जस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ परेका छन्।

    किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा काभ्रेको धुलिखेल नगरपालिका ८ घर भएका २३ वर्षीया जयराम चौलागाईं पक्राउ परेका हुन्।

    ad space

    गएको शनिबार उनले किशोरीलाई काठमाडौं घुम्न जाउँ भन्दै ललाइफकाई भक्तपुर नगरपालिका ४ स्थित एक गेष्ट हाउसमा पुर्याएर जबर्जस्ती करणी गरेका महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी दीपक गिरीले जानकारी दिए।

    गएको शनिबार घरबाटै किशोरी हराएपछि उनकी आमाले जिल्ला प्रहरी कार्यालय काभ्रेमा खोजीका लागि निवेदन दिएकी थिइन्। सोही निवेदनका आधारमा महानगरीय प्रहरी बृत्त जनसेवा, काठमाडौंको टोलीले किशोरीको खोजी सुरु गरेको थियो।

    खोजी गर्ने क्रममा आइतबार काठमाडौंको सुन्धारामा किशोरी र युवक फेला परेका प्रहरीले जनाएको छ। उनले आफूलाई चौलागाईंले गेस्ट हाउसमा राखेर जबर्जस्ती करणी गरेको बयान दिएकी छन्।

    चौलागाईंलाई कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

  • ad space
  • सिफारिस
    लोकप्रिय