• vacancy ad
  • मेलम्चीमा हराएका थप एकको शव भेटियो, २० अझै बेपत्ता

  • Ad Space available
  • काठमाडौँ । यही असार १ गते राति सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रवाती नदीमा आएको बाढीपछि बेपत्तामध्ये थप १ जनाको शव भेटिएको छ।

    सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयले दिएको जानकारीअनुसार हेलम्बु गाउँपालिका वडा नम्बर १, हल्देका ५० वर्षीय सुनिल तामाङ सोमबार सुनकोसी नदी किनारमा मृत फेला परेका हुन्।

    ad space

    उनको शव रामेछापको खाँडोदेवी गाउँपालिका वडा नम्बर २, कोछवे बगरस्थित सुनकोसी नदी किनारमा भेटिएको सिन्धुपाल्चोक जिल्ला प्रशासनले जनाएको छ। उनीसमेत अहिलेसम्म ५ जनाको मृत्यु पुष्टि भएको छ।

    प्रशासनका अनुसार अब अझै २० जना भेटिन बाँकी छ।

  • ad space
  • सिफारिस
    लोकप्रिय