एजेन्सी । बलिउड अभिनेता अजय देवगनलाइ २० करोड ऋण लागको छ ।
आफुलाई रहर नभएर बाध्यताले महँगो घर किन्नु परेकोले ऋण लागेको बताएका छन् । उनले यतिबेला मुम्बईमा ४७ करोडको घर किनेका छन् । मुम्बईको जुहुमा उनले ४७४ बर्ग मिटरमा फैलिएको घर किनेका हुन् । अजयसँगै धेरै पैसा भएर घर किनेको चर्चा यतीबेला चलेको छ । त्यो चर्चा गलत भएको यी अभिनेताले बताएका छन् ।
पछिल्लो समय एकपछि अर्को गर्दै कोरोनाका संक्रमणका कारण सिनेमाहरु रिलिज हुन नसकेपछि आफुले घरलाई महत्व दिएको पनि उनले बताएका छन् । सोही कारण उनले घर किनेका रहेछन् । आफ्नी आमा बीना बीरेन्द्र देवगनको नाममा उनले यो घर किनेका हुन् । यस अघि उनी विशाल अपार्टमेन्टमा बस्दै आएका थिए ।
सिफारिस
लोकप्रिय