• vacancy ad
  • राजेन्द्र महतोलाई निषेध गरौँ भन्दै सिंहदरबारको गेटमा कसले टाँसो पर्चा ?

  • Ad Space available
  • काठमाडाैं । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री राजेन्द्र महतोलाई सिंहदरबार निषेध गरिएको भन्दै सिंहदरबार दक्षिण गेटमा पर्चा टाँसिएको छ । नेपाली नागरिकताको प्रमाण पेस नगरेको भन्दै उपप्रधानमन्त्री महतोले नयाँ पार्टी, नेपालको नामबाट सोमबार सिंहदरबार दक्षिण गेटमा पर्चा टाँस गरिएको हो ।

    नयाँ पार्टी नेपालका प्रवक्ता बताउने युवराज सफलले आफ्नो पार्टीले मन्त्री महतोलाई आफ्नो नागरिकताबारे स्पष्ट पार्न समयसीमा दिएको र मन्त्री महतोले स्पष्ट नपारेपछि उनलाई सिंहदरबार प्रवेश निषेधको पर्चा टाँसेको बताए ।

    ad space

    ‘नयाँ पार्टी, नेपालले दिएको समयसिमा भित्र आफु नेपाली नागरिक हुँ भन्ने प्रमाण देखाउन नसक्ने कथित भारतीय नागरिक राजेन्द्र सुडी महतोलाई हालको लागि सिंहदरबार क्षेत्रमा प्रवेश निषेध गरिएको छ, क्रमशः देशभरी नै प्रवेश निषेध गरिनेछ’ पर्चामा लेखिएको छ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय