• vacancy ad
  • मोटरसाइकलाई ठक्कर दिएर भागेको कार नियन्त्रणमा

  • Ad Space available
  • काठमाडौं। स्वास्थ्य सामग्री बोक्ने स्टिकर टाँसेको कार मोटरसाइकलाई ठक्कर दिएर भागेको खुलेको छ। सो कारलाई प्रहरीले एक सातापछि नियन्त्रणमा लिएको हो।

    १ असारको साँझ चक्रपथ रिङरोडस्थित एकान्तकुनामा स्वास्थ्य सामग्रीबोक्न प्रयोग भनेर लेखिएको बा ५ च ७०८० नम्बरेको कारले बागमती प्रदेश–०२०२०प ५२७३ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको थियो।

    ad space

    ठक्करलगत्तै फरार रहेको उक्त कार सोमबार जाउलाखेल ट्राफिक प्रहरीले सीसीटीभी फुटेजका आधारमा नियन्त्रणमा लिएको हो। कार चालक विशाल खत्रीमाथि प्रहरीले सोधपुछ गरिरहेको छ।

    कारको ठक्करबाट मोटरसाइकल चालक रामेछाप खाडादेवीका सम्मरबहादुर कार्की घाइते भएका थिए।

    दुर्घटनामा परेको मोटरसाइकलमा क्षति पुगेको छ। मादक पदार्थ सेवन गरेका कारण कार चालक भागेको आरोप पीडित पक्षको छ।

  • ad space
  • सिफारिस