• vacancy ad
  • कांग्रेसमा महाधिवेशनको चहलपहल : विमलेन्द्र, शशांक र प्रकाशमानबीच भेट

  • Ad Space available
  • काठमाडौं । नेपाली कांग्रेसको आगामी भदौं १६ देखि १९ सम्म हुने महाधिवेशन चहलपहल सुरु भएको छ । महाधिवेशनको मिति घोषणा भएसँगै सभापति शेरबहादुर देउवले निकटस्थहरुसँग छलफल तीव्र बनाएका बेला अन्य आकांक्षीहरु पनि छलफलमा जुटेका छन्।

    सोमबार उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा.शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच ‘लञ्च मिटिङ’ भएको छ । निधिको निवासमा तीन नेताहरुबीच छलफल भएको हो।

    ad space

    तीनै जना कांग्रेसका संस्थापक वीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका छोरा हुन्। उनीहरु पार्टी सभापतिको आकांक्षी छन्। भेटका क्रममा तीन नेताबीच पार्टीको आसन्न महाधिवेशनका विषयमा छलफल भएको बताइएको छ ।

    सहमतिमा नै नेतृत्व चयनका लागि सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालगायतसँग पनि छलफल गर्ने समझदारी भएको छ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय