• vacancy ad
  • वीरगञ्जमा आफैँले बोकेको बन्दुक पड्केर नेपाली सेनाका सिपाही घाइते

  • Ad Space available
  • पर्साको वीरगञ्ज– ८ स्थित नेपाली सेना एक जना सिपाही गोली लागेर घाइते भएका छन् । वीरगञ्जको चण्डीप्रसाद गणका २२ वर्षीय श्यामबाबुप्रसाद चौहान घाइते भएका हुन् ।

    पोखरिया नगरपालिका–५ सतवरिया घर भएका सिपाही चौहानको बायाँ चिउँडोको मुनिबाट गोली लागेर दाहिने आँखाको मुनिबाट निस्किएको छ । उनले एन–१६ राइफलले गोली प्रहार गरेका हुन् ​।

    ad space

    ‘राइफलले आफ्नो चिउँडो मुनिबाट हानेको देखिन्छ। गोली त्यहाँबाट लागेर आँखामुनिबाट निस्किएको छ,’ जिल्ला प्रहरी कार्यालयका एक अधिकृतको मनाइ उद्धृत् गर्दै सेतोपाटीले लेखेको छ, ‘जसकारण उहाँको ज्यान जोगियो । तर, गम्भीर घाइते हुनुहुन्छ।’

    उनले आइतबार राति करिब साढे ८ बजेको समयमा ड्युटीमै गोली प्रहार गरेका हुन् । उनी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । उनले आफ्नो राइफलमा गोली हालेर ड्युटीमा बसेका थिए ।

    गोलीको आवाज सुनेलगत्तै ब्यारेकभित्र रहेका सैनिकहरू चौहानको पोष्टमा चढी हेर्दा गोली लागी घाइते भएका देखेपछि नारायणी अस्पतालमा पुर्‍याएका थिए । त्यहाँ प्रारम्भिक उपचारपछि नेसनल मेडिकल कलेज वीरगञ्जमा लगिएको छ ।

    गोली किन हानेको भन्ने विषयमा अनुसन्धान हुने प्रहरीले जनाएको छ । यता लापरबाहीले घटना घटेको हो वा आत्महत्या प्रयास हो भन्ने बारेमा पछि अनुसन्धान गरिने गणका गणपति कर्णेल मदनजंग राणाले बताएका छन्

  • ad space
  • सिफारिस