• vacancy ad
  • सिन्धुपाल्चाेक प्रशासनको चेतावनी – मेलम्ची बाढीको नाममा चन्दा उठाए कारबाही हुन्छ

  • Ad Space available
  • जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आफूखुसी मेलम्ची बाढीको नाममा चन्दा वा सहयोग संकलन गरे कारबाही गर्ने चेतावनी दिएको छ । प्रशासन कार्यालयले विज्ञप्ति जारी गर्दै राहत वा चन्दा सहयोग संकलन गरेमा जरिवाना गर्ने बताएको हो ।

    त्यसैगरी, बजार मूल्य बढाएमा, कृत्रिम अभाव सिर्जना गरेमा, गुणस्तरहीन वस्तुको कारोबार गरेमा दुई वर्ष कैद तथा एक लाख रुपैयाँसम्म जरिवाना गराउने चेतावनी प्रशासनले दिएको छ ।

    ad space

    ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा २४ (१) (ख) बमोजिम ‘अनुमति लिई वा नलिई विपदका नाममा चन्दा, राहत वा सहयोग संकलन गरेमा र ऐनको दफा १ (ख) मा विपदको समयमा अप्राकृतिक रूपमा बजारमूल्य वृद्धि गरेमा वा कालोबजारी गरेमा वा गुणस्तरहीन वस्तु वा सेवाको कारोबार गरेमा’ त्यस्तो कार्य गर्नेलाई कसुरको मात्रा हेरी एक लाख रुपैयाँसम्म जरिवाना वा २ वर्षसम्म कैद वा दुवै सजाय गरिने प्रशासनको सूचनामा उल्लेख छ।

    राहतको नाममा अनावश्यक रूपमा सहयोग संकलन गर्ने र त्यसको दुरुपयोग बढ्ने सम्भावना रहेकाले यस्तो व्यवस्था गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले बताए । गलत क्रियाकलाप देखे जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी चौकी वा (मोबाइल नम्बर ९८४१३९२८८३) मा जानकारी दिने प्रशासनले अनुरोध गरेको छ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय