• vacancy ad
  • महन्थ ठाकुरले मेरो हस्ताक्षर दुरुपयोग गरे : बाबुराम भट्टराई

  • Ad Space available

  • काठमाडौं । जनता समाजवादी पार्टी ९जसपा० नेपालका संघीय अध्यक्ष डा। बाबुराम भट्टराईले निर्वाचन आयोगमा आफ्नो हस्ताक्षरको दुरुपयोग भएको बताएका छन् । आइतबार राति सामाजिक सञ्जाल ट्विटरमार्फत् भट्टराईले ‘स्वच्छ छवि मानिएका’ अध्यक्ष महन्थ ठाकुरले आफ्नो हस्ताक्षर दुरुपयोग गरेको आरोप लगाएका हुन् ।

    ठाकुरको नाम उल्लेख नगरी उनले लेखेका छन्, ‘स्वच्छ छविका मानिएका ८० वर्षे नेताले समेत पार्टी बैठकको नक्कली स्रेस्ता बनाएर निर्वाचन आयोगमा मेरोसमेत हस्ताक्षर दुरूपयोग गरेको देखेर स्तब्ध छु ।’

    उनले प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको राजमा नेपाली राज्य र राजनीतिको नैतिक धरातल कमजोर बनेको टिप्पणी पनि गरेका छन् ।

    ‘ओली–विद्या राजमा नेपाली राज्य र राजनीतिको नैतिक धरातल पातालमै भासिने भो ! मुहानमै फोहोर नाला मिसिएपछि तल सफा हुने कुरै भएन,’ उनले लेखेका छन् ।

    सिफारिस
    लोकप्रिय