• vacancy ad
  • आजको मौसम : मुलुकभर भारी वर्षा

  • Ad Space available
  • काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र वाग्मती प्रदेशका केही स्थानमा आज मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने देशभर सामान्य देखि पूर्ण बदली रहने विभागले जनाएको छ ।

    आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । प्रदेश १, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ ।

    ad space

    भारी वर्षाको सम्भावना रहेकाले बाढी पहिरोको जोखिम हुने भएकाले सतर्क रहन विभागले आग्रह गरेको छ ।

    पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको तथा नदीनाला र खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकाले कमजोर जमिन भएका ठाउँमा बसोबास गर्नेहरु तथा नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरुले विशेष सजग हुनुपर्ने मौसमविद् मीनकुमार आर्याल बताउँछन् । नदीको बहावले खतराको तह पार गरेको अवस्थामा सुरक्षित ठाउँमा स्थानान्तरण हुनुपर्ने उनको सुझाव छ । निरन्तर पानी परिरहेका क्षेत्रमा भारी वर्षा नभए पनि कुनै पनि बेला पहिरो जनासक्ने भएकाले यसमा पनि सजग हुनु पर्नेमा मौसमविद् आर्यल सतर्क हुनुपर्नेमा जोड दिन्छन् ।

    बाढी तथा पहिरोका कारण यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय