

चीनकाे तिब्बत क्षेत्रमा पर्ने रोङ्सी खोलामा आएको पहिरोका कारण थुनिएको नदीलाई चिनियाँ टोलीले खोलिदिएपछि तामाकोशीको तटीय क्षेत्रमा तत्काल जोखिम टरेको छ ।
तामामोशी तटीय क्षेत्रमा तत्काल जोखम टरेको दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता बद्रीप्रसाद तिवारीले जानकारी दिए ।
तीनको टिङ्ग्री काउन्टीको रोङछिया शहर र त्यस आसपासका क्षेत्रमा भारी वर्षासँगै पहिरो आउँदा नदीको प्रवाह रोकिएको थियो ।
‘अहिले चिनियाँ टोलीले नदीकोे बहाव कन्ट्रोलमा रहेको । चिनियाँ टोलीले थुनिएको नदिलाई विस्तारै खोलिदिएपछि तामाकोशी नदीमा पानीको बहाव पनि बढेकाे छ । उताबाट थोरै थोरै पानी छोडेकाे छ,’ उहाँले भन्नुभयो, ‘तामाकोशी नदीमा हिजो राति २६० घनमिटर प्रतिसेकेण्ड रहेको थियो । यो नर्मल हो ।’
आइतबार बिहान ५ बजेर ३० बजे गरिएको मापनमा जलसतह १९७.८ रेकर्ड गरिएको र पानी डिस्चार्ज २६० घनमिटर प्रतिसेकेण्ड रहेको उनले बताए ।