• vacancy ad
  • बाढी पहिरो : हेलम्बुमा भारतीय र चिनियाँसहित २३ जना अझै वेपत्ता

  • Ad Space available
  • काठमाडौं । सिन्धुपाल्चोकमा आएको बाढीमा परी हालसम्म भारतीय र चिनियाँसहित २३ जना अझै बेपत्ता रहेका छन् ।

    सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर १ सेमेसिदाङ हिमाल मुनी रहेको भेमाथाङ चौरमा असार १ गते गएको पहिरो र बाढीमा परी हालसम्म २३ जना वेपत्ता रहेको गाउँपालिकाले जनाएको छ ।

    ad space

    बेपत्ता हुने २३ जना मध्ये मेलम्ची खानेपानी आयोजनामा कार्यरत तीन भारतीय र तीन चिनियाँ नागरिक समेत रहेको विवरणमा उल्लेख छ ।

    गाउँपालिकाले शनिवार मानवीय र भौतिक क्षतिको हालसम्मको विवरण सार्वजनिक गरेको छ । बाढीमा परी वेपत्ता हुनेहरुको संख्या अझ बढ्ने अनुमान गरिएको छ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय