• vacancy ad
  • पहिरा र बाढीको अझै जोखिम छ, सतर्कता अपनाऔँ : हेलम्बु गाउँपालिका

  • Ad Space available
  • सिन्धुपाल्चोक। हेलम्बु गाउँपालिकाले अझै पहिरो र बाढीको जोखिम रहेको जनाएको छ।

    आज एक सूचना जारी गर्दै सो गाउँपालिकाले यही असार १ गते साँझ मेलम्ची खोलामा आकस्मिक रूपमा बाढी आउनुको कारण वडा नं १ मा रहेको सेमेसिदाङ हिमाल मुनि रहेको भेमाथाङ्ग चौरमा पहिरो गएको जनाएको छ।

    ad space

    सूचनामा सो ठाउँको चौरको हाल २५ प्रतिशत भाग पहिरो गएको र बाँकीमध्ये के कति भागमा पहिरो जान सक्ने भन्ने हालसम्म एकीन नभएकोले थप बाढी जान सक्ने जनाउँदै उच्च साबधानी तथा सतर्कता अपनाउन गाउँपालिकाले आग्रह गरेको छ।

  • ad space
  • सिफारिस
    लोकप्रिय