डडेल्धुरामा एक स्वास्थ्यकर्मी जंगलमा मृत फेला परेकी छन् । परशुराम नगरपालिका-८ स्थित जमरानी आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी अस्मिता धामी मृत फेला परेकी हुन्।
हट्टवानी सामुदायिक वनमा उनको शव फेला परेको जिल्ला प्रहरी कर्यालय डडेल्धुरा ले जनाएको छ । शव भेटिएको जानकारीपछि इलाका प्रहरी कार्यालय जोगबुढा र जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट प्रहरी टोली घटनास्थलमा गएको छ ।
धामीको हत्या गरेर जंगलमा फालेको हुन सक्ने अनुमान गरिएको छ । घटनास्थलमा गएको टोलीसँग सम्पर्क नहुँदा घटनाबारे विस्तृत जानकारी आउन नसकेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख डिएसपी महेन्द्र नेपालले जानकारी दिए।
सिफारिस
लोकप्रिय



