• vacancy ad
  • कक्षा ११ का विद्यार्थीको मूल्यांकन असारभित्र

  • Ad Space available
  • कक्षा ११ मा अध्ययनरन विद्यार्थीको अन्तिम मूल्यांकन असारभित्रै सक्न राष्ट्रिय परीक्षा बोर्डले विद्यालयहरूलाई निर्देशन दिएको छ ।

    कक्षा ११ मा अध्ययनरत देशभरका विद्यार्थीको अन्तिम मूल्यांकन असारभित्र गरिसक्नुपर्ने बोर्डले जनाएको छ ।

    ad space

    असारभित्र विद्यार्थीको मूल्यांकन सकेर साउनदेखि ती विद्यार्थीको कक्षा १२ को पठनपाठन सञ्चालन गर्न सकिने जानकारी बोर्डले दिएको छ ।

    बोर्डले गत वर्ष नै कक्षा ११ को परीक्षाको कार्यविधि बनाएर मूल्यांकन गर्न सक्ने अधिकार विद्यालयलाई दिइसकेको छ । कार्यविधिले असारभित्र विद्यार्थीको अन्तिम वार्षिक मूल्यांकन सक्ने समयसीमा समेत उल्लेख गरेको छ ।

    यस विषयमा कार्यविधिले स्पष्ट गरिसकेकाले यसपटक थप केही भन्नुपर्ने अवस्था नरहेको बोर्डका प्रा. चन्द्रमणि पौडेलले बताए ।

    ‘हामीले गतवर्ष कार्यविधी बनाएर कक्षा ११ को अन्तिम नतिजा असारभित्रै सार्वजनिक गर्नुपर्ने भनेका थियौँ,’ बोर्डका पौडेलले भने, ‘अहिले पनि विद्यालयहरूलाई सोही कार्यविधि अनुरुप चल्न र साउनबाट कक्षा १२को पढाइ सुरु गर्न भनेका हौँ ।’

  • ad space
  • सिफारिस
    लोकप्रिय