काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची खोलामा फेरि आजपनि भीषण बाढी आएको छ । शुक्रबार साँझ साढे ८ बजेदेखि खोलाको बहाव बढ्दै गएपछि प्रहरीले क्षेत्र आसपासमा रहेका मानिसहरुलाई माइकिङ गरेर सुरक्षित स्थानमा सारिएको छ ।
मंगलबारदेखि निरन्तर आएको मेलम्चीको बाढीले अझै विश्राम लिएको छैन । आज अपराह्न केही घटेको बाढी फेरि साँझ बाढी बढेर मंगलबारको जस्तै ठूलो आवाजमा आएको इलाका प्रहरी कार्यालय हेलम्बुले जनाएको छ । मेलम्चीको वहाव बढेकाले बजारमा बाँकी रहेका मानिसहरु पनि माथि उक्लेका छन् ।
हेलम्बु क्षेत्रमा बाढीको प्रभावबारे विस्तृत बिवरण आउन बाँकी रहेको छ । ३ दिन अघि मेलम्ची तथा याङ्ग्री र लार्के नदीमा आएको भीषण बाढीले हेलम्बु तथा मेलम्ची क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको छ ।
सिफारिस
लोकप्रिय