काठमाडाैँ । जिल्ला प्रशासन कार्यालय दोलखाले तामाकोशी बहाव थुनिएको भन्दै सतर्क रहन सूचीत गरेको छ।
शुक्रबार राति एक विज्ञप्ति जारी गर्दै प्रशासनले नेपाल-चीन सीमा क्षेत्रमा रहेको तिग्री कन्ट्रीको रोङचा शहर र यसको आसपासमा भारी वर्षासँगै आएको पहिरोले नदिको प्रवाह रोकिएको सूचना प्राप्त भएको भन्दै कुनै पनि समयमा तामाकोशीमा पानीको बहाब बढेर बाढी आउनसक्ने भएकाले सचेत गराएको हो।
नेपाल-चीन सिमा नजिकको बस्ती र नदिको तटीय क्षेत्रमा जोखिम बढ्ने सम्भावना रहेकाले सजग रहन प्रशासनले सूचीत गरेको छ।
‘खतराको संकेत प्राप्त हुनासाथ सुरक्षित स्थानतिर जानु हुन र स्थानीय तहका पदाधिकारी र नजिकको सुरक्षा निकायमा तुरून्त जानकारीसमेत गराउन अनुरोध गरिन्छ’, प्रशासनद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
सिफारिस
लोकप्रिय