गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संसदबाट विश्वासको मत लिएका छन् । २९ जेठमा मुख्यमन्त्री भएका उनले एक सातामा नै विश्वासको मत लिने गरी संसदमा पत्र दर्ता गराएका थिए ।
५९ जना प्रदेशसभा सदस्य मध्ये ५८ जना मत विभाजनमा सहभागी भएकोमा ३१ जनाले पक्षमा मतदान गरे । कांग्रेसका १५, माओवादीका ११, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीका दुई-दुई तथा एक जना स्वतन्त्र सांसदले पक्षमा मतदान गरेका हुन् ।
विश्वासको मतको पक्षमा मतदान गरेका ३१ सांसदको समर्थनमा कृष्णचन्द्र २९ जेठमा संविधानको धारा १६८ (५) अनुसार गण्डकी प्रदेशको मुख्यमन्त्री बनेका थिए । मुख्यमन्त्री भएको तीस दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । उनले एक हप्तामै संसदबाट विश्वासको मत लिएर आफूलाई सुरक्षित भएका हुन् ।
सिफारिस
लोकप्रिय