• vacancy ad
  • जसपाले सरकारमा सहभागी मन्त्रीहरुलाई पार्टीबाट निष्कासन गर्ने

  • Ad Space available
  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी भएका ९ जना मन्त्रीलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।

    अध्यक्ष उपेन्द्र यादव पक्षको आज बसेको कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी ९ जनालाई निष्कासन गर्ने निर्णय गरेको हो ।

    ad space

    यसअघि यादव समूहले अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई निष्कासन गर्दै निर्वाचन आयोगमा पदाधिकारी विवरण अद्यावधिक गर्न निवेदन दिएको थियो । तर निर्वाचन आयोगले त्यसलाई मान्यता दिएको थिए। आजको बैठकले सरकारमा सहभागी बाँकी नेतालाई पनि निष्कासनको निर्णय गरेको हो ।

    बैठकले लुम्बिनी प्रदेशका चार सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय समेत गरेको छ । मुख्यमन्त्री शंकर पोखरेललाई साथ दिँदै आएका चार जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

    यसअघि नै उनीहरुलाई पदमुक्त गर्ने निर्णय भए पनि सर्वोच्च अदालतको आदेशबाट पुनर्बहाली भएका छन्।

    पार्टीभित्रको विवादबारे जसपा पुनः निर्वाचन आयोगमा जाने भएको छ । राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४३ र ४४ अनुसार वैधानिकता दाबी गर्दै पुनः निवेदन दिने निर्णय बैठकले गरेको हो ।
    यसअघि अल्पमतमा रहेका महन्थ ठाकुरले आफू पक्षका २० जनालाई कार्यकारिणी समितिमा थप गर्दै विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएका छन्।

  • ad space
  • सिफारिस
    लोकप्रिय