• vacancy ad
  • जसपाको उपेन्द्र पक्षको कार्यकारिणी समितिको बैठक बस्दै

  • Ad Space available
  • जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव समूहको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ ।

    पार्टी विभाजनको अवस्थामा पुगेको जसपाको यादव पक्षको बैठकले निर्वाचन आयोगले दिएको निर्णयबारे छलफल गरी निष्कर्षण निकाल्ने छ ।

    ad space

    यादव पक्षले महन्थ ठाकुर, राजेन्द्र महतो लगायतका नेतामाथि कारबाही गरेको पत्रलाई निर्वाचन आयोगले अस्वीकार गरेको थियो ।

    बैठकमा जसपाको वैधानिकता दाबी गर्ने विषयमा निर्वाचन आयोगसँग परामर्श गर्नेसहित अन्य संवैधानिक उपायबारे छलफल हुने जनाइएको छ ।

    आज विहान ११ बजेपछि बस्ने बैठकलाई ठाकुर पक्षले भने अस्वीकार गरेको छ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय