• vacancy ad
  • सिन्धुलीको सुनकोसीमा भेटिए ३ शव

  • Ad Space available
  • सिन्धुलीमा सुनकोसी नदीले बगाएर ल्याएको तीनवटा शव भेटिएका छन् । सुनकोसी गाउँपालिकाको मुलकोट, कानढुङ्ग्रे र फिक्कल गाउँपालिकाको रत्नावतीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

    मुलकोटमा भेटिएकाे शव २५ देखि ३० वर्षीय चिनियाँ पुरुषकाे हुनसक्ने प्रहरीको अनुमान छ । थप पुष्टिका लागि आफन्तहरू आउँदै गरेको प्रहरी कार्यालयले बताएको छ । अन्य दुई जनाकाे सनाखत हुन बाँकी छ ।

    ad space

    फेला परेका तीन वटै शव सिन्धुपाल्चोकबाट आएको बाढाीले बगाएर ल्याएको हुनसक्ने प्रहरीकाे अनुमान छ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय