• vacancy ad
  • विकास निर्माणको ढाँचा पर्यावरणका दृष्टिकोणबाट हेर्नु अत्यावश्यक भइसक्यो’

  • Ad Space available
  • काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले बाढी र पहिरोका कारण भएको जनधनको क्षति अत्यन्त दुःखदायी बताउँदै समग्र विकासको ढाँचा पर्यावरणको दृष्टिकोणबाट निर्धारण गर्नु अत्यावश्यक भइसकेको उल्लेख गरेका छन् । बुधवार राति एक ट्वीट गर्दै बाढी र पहिरोका कारण यस्ता समस्या देशले हरेक वर्ष झेल्दै आएकोले त्यसतर्फ मनन गर्न आग्रह गरेका छन् ।

    उनले भनेका छन्, ‘देशका विभिन्न भागहरूमा बाढी र पहिरोका कारण भएको जनधनको क्षति अत्यन्त दुःखदायी छ । यस्तै समस्या देशले हरेक वर्ष झेल्दै आएको छ । यसलाई मनन गरी विकासको समग्र ढाँचा र कार्यान्वयनलाई वातावरण र पर्यावरणको दृष्टिकोणबाट हेर्नु र निर्धारण गर्नु अत्यावश्यक भइसकेको छ ।’

    ad space
  • ad space
  • सिफारिस
    लोकप्रिय