

काठमाडौं। युरोकपम फुटबलमा रुसले पहिलो जित हात पारेको छ । बुधबार साँझ भएको खेलमा रुसले फिनल्याण्डलाई १–० ले हराएको हो ।
रुसको जितमा एलेक्सी मिरानचुकले खेलको पहिलो हाफको अतिरिक्त समयमा गरेको गोल नै निर्णायक बन्यो । यो जितसँगै रुसले समूहमा २ खेलबाट ३ अंक जोडेको छ ।
समान खेलबाट समान अंक जोडेको फिनल्याण्ड तेस्रो स्थानमा छ । पहिलो खेलमा रुस बेल्जियमसँग ३–० ले पराजित भएको थियो । फिनल्याण्डले पहिलो खेलमा डेनमार्कलाई १–० ले हराएको थियो ।
सिफारिस
लोकप्रिय