• vacancy ad
  • मेलम्ची खानेपानी आयोजनाका आठ मजदुर सम्पर्कविहीन, ७६ को उद्दार

  • Ad Space available
  • काठमाडाैं। केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले मेलम्ची खानेपानी आयोजनामा कार्यरत आठ जना मजदुर सम्पर्कविहीन भएका छन्।

    सम्पर्कबिहीन हुनेमा तीन जना चिनियाँ, तीन भारतीय र दुई नेपालीसहित आठ जना रहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ।

    नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासीको सहयोगमा उनीहरुको खोजी भइरहेको छ।

    निर्माणस्थलमा रहेका ७६ जनालाई हेलिकोप्टरमार्फत उद्दार गरी काठमाडाैं र धुलिखेल ल्याइएको आयोजनाले जनाएको छ। उद्धार भएका सबैको अवस्था अहिले सामान्य छ।

    आयोजनाको मुख्य सुरुङ, पानी प्रशोधन केन्द्र र मुख्य बाँधमा क्षति नपुगेको विवरण प्राप्त भएको आयोजनाले जनाएको छ। आयोजनाको क्याम्पहरु, उपकरणहरु, निर्माण सामग्री, पहुँच सडक र पुल बाढीले बगाएको छ।

    मङ्गलबार साँझ झण्डै सात बजे आयोजना क्षेत्रमा बाढी पसेको थियो। अम्बाथानस्थित ‘हेडवर्क्स’ भन्दामाथि परिरहेको अबिरल वर्षाका कारण बाढी आएको थियो।

    सिफारिस
    लोकप्रिय