काठमाडौँ । सिन्धुपाञ्चोकको मेलम्चीका बाढी र पहिरो पीडितको उद्धार र राहतका लागि विद्यार्थी सङ्गठन अनेरास्ववियुको केन्द्रीय टोलीलाई आज नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले विदाइ गरेका छन् ।
अनेरास्ववियुका अध्यक्ष ऐन महरको नेतृत्वमा रहेको टोलीमा ८ स्वास्थ्यकर्मीसमेत रहेका छन् । राहत तथा उद्धार टोलीले पीडीÞतलाई वितरण गर्न चामल, तेल, त्रिपाल, टेण्टलगायतका समाग्री लिएर गएका छन् ।
महासचिव पोखरेलले एमालेका सम्पूर्ण नेता तथा कार्यकर्तालाई पीडितको राहत र उद्धारका लागि संगठित ढंगले सहयोग पु¥याउन र आफ्नो संगठित शक्तिलाई परिचालित गर्न आह्वान गरेका छन् ।
सिफारिस
लोकप्रिय