• vacancy ad
  • मनाङमा बाढीको वितण्डा : नासो गाउँपालिका, प्रभु बैंक र प्राइम बैंकको कार्यालय बगायो

  • Ad Space available
  • मनाङमा बाढीले गाउँपालिकाको कार्यालय नै बगाएको छ । मनाङको नासोँ गाउँपालिकाको भवन बाढीले बगाएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी गराएका छन् ।
    त्यस्तै मनाङमा रहेका प्रभु बैंक र प्राइम बैंकको शाखा कार्यालय पनि बाढीले बगाएको छ । प्राइम बैंकमा कार्यरत एक जना कर्मचारी सम्पर्कविहीन छन् ।

    बाढीका कारण मनाङ जाने सडक अवरुद्ध छ भने विजुलीका पोलहरु ढलेका छन्। चामे स्थित लघुजलविद्युत आयोजना र तिमाङको लघुजलविद्युत आयोजना बाढीले बगाइदिएको छ। बिजुली नहुँदा संचार सुविधा समेत अवरुद्ध हुने अवस्थामा पुगेको डिएसपी खड्काले बताए।

    ad space

    बाढी र पहिरोका कारण मनाङ स्थित तिमाङको बेलीब्रिज बगाएको छ। यसअघि जेठ दोस्रो साता परेको पानीले तिमाङ छहराको काठेपुल बगाएपछि सडक सञ्जालबाट मनाङ टुटेको थियो। तिमाङ बेलीब्रिजका साथै सडकका अन्य ठाउँमा पनि पहिरो गएको सिडिओ लामिछानेले बताए। बेसीशहर– चामे सडकका धेरै ठाउँमा पहिरो गएको जानकारी आएको डिएसपी खड्काले बताए।

    मर्स्याङ्दी नदीमा आएको बाढीका कारण मनाङ प्रवेशद्वार ताल गाउँ सम्पर्कविहिन बन्न पुगेको छ। बाढीले बिजुलीका पोल ढलेका छन् भने टेलिफोन सेवा पनि अवरुद्ध हुन पुगेको छ। ताल गाउँ मंगलबार विहानैदेखि संचारविहिन बन्न पुगेको हो।

  • ad space
  • सिफारिस
    लोकप्रिय