• vacancy ad
  • झलनाथ खनाललाई थप उपचार गर्न दिल्ली लगिँदै

  • Ad Space available
  • पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि नयाँदिल्ली लगिने भएको छ ।

    उनलाई बुधबार दिउँसो साढे १२ बजे दिल्ली लैजान लागिएको खनालको निजी सचिवालयले जनाएको छ । खनालको उपचार दिल्लीको एपोलो अस्पतालमा हुने छ ।

    ad space

    ज्वरो र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि उनलाई गत सोमबार बिहान काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उनको स्वास्थ्य अवस्था स्थितर रहेको अक्सिजनको सपोर्टमा उपचार भइरहेको अस्पतालले जनाएको थियो ।

    यसअघि कोरोना संक्रमित भएका खनाल लामो समय नर्भिक अस्पतालमा नै उपचार गरेर घर फर्किएका थिए । उनलाई पोस्ट कोभिडको असर देखिएको उनको उपचारमा संलग्न चिकित्सकहरूले बताएका थिए ।

  • ad space
  • सिफारिस
    लोकप्रिय