

मेलम्चीको बाढीले डुबानमा फसेका दुई व्यक्तिलाई नेपाली सेनाले हेलिकोप्टरमार्फत उद्धार गरेको छ । मेलम्ची बजारमा रहेको रोज होटलमा उनीहरू फसेका थिए ।
होटलको छतमा उक्लिएर हारगुहार गरिरहेका थिए । बाढीले जलमग्न भएपछि उनीहरू होटलको छतमा गएका थिए । मेलम्ची बजारमा रहेको रोज होटकलको छतबाट नेपाली सेनाको हेलिकप्टरले उनीहरूलाई उद्धार गरेको हो ।
सिन्धुपाल्चोकमा आएको बाढीका कारण हालसम्म ७ जनाको मृत्यु भइसकेको छ । सिन्ध्पाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले उद्धारको प्रयास भइरहेको जानकारी दिएका छन् ।
सिफारिस
लोकप्रिय