• vacancy ad
  • शेयर बजार : केलाई स्वाभाविक भाउ भन्ने, केलाई अस्वाभाविक

    २०७८ असार २, बुधबार ०९:५८ मा प्रकाशित
  • Ad Space available
  • डा. विश्व पौडेल
  • Ad Space available
  • शेयर बजारमा भाउ बढ्यो रोक भनेर सम्पादकीय लेख्दा आफूले भर्खरै शेयर बेचेर त्यस्तो सम्पादकीय लेखेको होइन भन्नेकुरा स्पष्ट गर्न सम्पादकले आफूले हालै गरेको शेयर किनबेचको विवरण दिनुपर्छ।

    केलाई स्वाभाविक भाउ भन्ने, केलाई अस्वाभाविक । केही फाइदा ननिकाल्दा पनि टेस्ला वा फेसबूकको भाउले आकाश छोएको थियो । कसैले पनि वर्षौं पुरानो कम्पनी फोर्डको भाउ यती हुँदा टेस्लाको यती भनेको सुनिँदैनथ्यो ।

    ad space

    मेरो वरिपरि जग्गाको भाउ शेयरको भाउभन्दा निकै बढेको छ । जग्गाको उत्पादन बढेको छैन । त्यसलाई पनि जग्गाको भाउ अस्वाभाविक रूपले बढ्यो भनेर मालपोत कार्यालयले वक्तव्य निकाल्ने, पत्रिकाले सम्पादकीय लेख्ने ? खतिवडा अर्थमन्त्री हुँदा निकै राम्रा शेयरको भाउ दुई तिहाइले घटेको थियो, त्यस्तो बेला पनि वक्तव्य निकाल्ने,सम्पादकीय लेख्ने त ?

    खासमा सधैँ यस्तो भाउ बढ्ने हुँदैन । कतिपय आफैँ घट्छन् र घटेका छन पनि । यदी इनसाइडर ट्रेडिङ भएको छ भने तिनीहरूलाई कडा कारबाही गर्नुपर्छ । तर, नबिल बैंकको भाउ बढेन, अर्कोको किन बढ्यो भन्ने जस्ता हावा तर्क गर्नुहुँदैन । यो भनेको हिराको भाउ बढेन, सुनको किन बढ्यो भनेको जस्तो हो ।
    सरकारलाई शेयरमार्केटको प्लेयर बन्न नउचालौँ, रेफरी नै रहन दिऔँ ।

    भाउ बढ्ने एउटा मात्र कारण माग र आपूर्तिको सन्तुलन हो । माग आपूर्तिभन्दा बढी भए भाउ बढ्छ । अन्न, सागसब्जीजस्तो शेयर होइन । मान्छेले शेयर नकिने पनि हुन्छ । जग्गा, सुन किने पनि विकल्प छ । त्यसैले शेयर मार्केटको नियमभित्र रहेर मार्केट चल्दा केही समय कुनै शेयर बढ्छ, कुनै बढ्दैन । शेयर मार्केटमा लगानिकर्ताहरूको व्यवहार पनि त्यहीअनुसार पाको हुँदै जान्छ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय