• vacancy ad
  • धुर्काेटको वाग्ला खरको छानामुक्त वडा घोषणा

  • Ad Space available
  • काठमाडौँ । गुल्मीको धुर्काेट गाउँपालिका ७ को वाग्ला गाउँलाई खरका छानामुक्त वडा घोषणा गरिएको छ । गाउँपालिकाको सहयोगमा घरका छाना रहेका घरमा जस्तापाता राखेर २०२ घरलाई खरको छानामुक्त बनाइएको हो ।

    गाउँपालिकाको सहयोगमा जस्ता पाता प्राप्त गरेर १४३ घर, सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरर्गत बनेको २८ घर, जनता आवास कार्यक्रम अन्तर्गत बनेको १३, एकीककृत नमूना बस्ती कार्यक्रम अन्तर्गत बन्दै गरेका १८ घर गरेर २०२ घरलाई खरको छानामुक्त घोषणा गरिएको हो । गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले घरको छानोका कारण स्थानीयले बेहोर्दै आएको हैरानी कम गर्न जस्तापाताको सहयोग गरिएको बताए ।

    ad space
  • ad space
  • सिफारिस
    लोकप्रिय