• vacancy ad
  • प्रदेश–१ मा ३२ अर्ब ४६ करोडको बजेट सार्वजनिक

  • Ad Space available
  • विराटनगर। प्रदेश–१ सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि ३२ अर्ब ४६ कराेड ९२ लाखको बजेज सार्वजनिक गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङले आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गरेका हुन्।

    कुल विनियोजनमध्ये चालुतर्फ १४ अर्ब १६ करोड १५ लाख अर्थात ४३.६ प्रतिशत, पूँजीगत तर्फ १५ अर्ब पाँच करोड ३५ लाख अर्थात ४६.३ प्रतिशत, स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ तीन अर्ब २२ करोड ४२ लाख अर्थात १० प्रतिशत तथा वित्तीय व्यवस्थातर्फ तीन करोड रहेको छ।

    ad space

    आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये प्रदेश सरकारको आन्तरिक राजस्वबाट चार अर्ब नौ करोड ७७ लाख, राजस्व बाँडफाँडबाट नौ अर्ब ८१ करोड ६६ लाख, संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट आठ अर्ब ५६ करोड ७८ लाख, सशर्त अनुदानबाट पाँच अर्ब ९६ करोड ७७ लाख, समपुरक अनुदानबाट एक अर्ब १६ करोड ७८ लाख र विशेष अनुदानबाट ५९ करोड ३३ लाख गरी राजस्व तथा वित्तीय हस्तान्तरणबाट जम्मा ३० अर्ब २० करोड ७९ लाख खर्च व्यहोरिने उल्लेख छ।

    त्यस्तै अपुग रकम नगद मौज्दातबाट दुई अर्ब तथा वैदेशिक अनुदानबाट २६ करोड १३ लाख व्यहोरिने आर्थिक मामिला तथा योजना मन्त्री आङ्बुहाहङ (लिम्बू) ले प्रस्तुत गरेको बजेट वक्तव्यमा जनाइएको छ।

    उनले चालु आर्थिक वर्षको वैशाख मशान्तसम्म प्रदेश सरकारको खर्च गत वर्षको सोही अवधिको तुलनामा १२.११ प्रतिशत वृद्धि भएको छ भने रजस्व सङ्कलनमा ११.६१ प्रतिशतले वृद्धि भएको जनाएका छन्।

    प्रदेशभित्रका स्थानीय तहहरुको वैशाख मशान्तसम्म प्रदेशबाट वित्तीय हस्तान्तरण मार्फत भएको खर्च एक अर्ब ९३ करोड ६३ लाख बजेट वक्तव्यमा उल्लेख छ।

    चालु आर्थिक वर्षको कुल विनियोजित बजेट ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रहेकोमा चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा संघीय सशर्त अनुदान मार्फत एक अर्ब ४० करोड ४८ लाख थप भइ ४२ अर्ब ३० करोड ४८ लाख कायम भएको र चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा कुल विनियोजनको करिब ४० प्रतिशत खर्च भइसकेको छ।

    आर्थिक वर्षको अन्त्यसम्ममा करिब ६० प्रतिशत खर्च हुने अनुमान गरिएको छ।चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा कुल २१ अर्व ६६ करोड प्राप्ति भएको छ भने चालु आर्थिक वर्षको अन्त्यसम्ममा २८ अर्व ५० करोड प्राप्त हुने संशोधित अनुमान बजेट वक्तव्यमा उल्लेख छ।

    सरकारले चालु आर्थिक वर्षमा यस प्रदेशको आर्थिक वृद्धिदर ३.६ प्रतिशतको हाराहारीमा रहने अनुमान गरेको छ भने समग्र स्वास्थ्य क्षेत्रका लागि तीन अर्ब २५ करोड बजेट विनियोजन भएको छ ।

    यस्तै शिक्षामा एक अर्ब १९ करोड, महिला बालबालिक, ज्येष्ठ नागरिक तथा समावेशीकरणमा २१ करोड २७ लाख, युवा खेलकूद, श्रम तथा रोजगारका क्षेत्रमा १६ करोड, भूमि व्यवस्था, कृषि तथा सहकारीका लागि दुई अर्ब, ९० करोड, उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्थपनमा १८ करोड तथा संस्कृति, पर्यटन तथा जैविक विविधताको क्षेत्रमा ८३ करोड ३८ लाख विनियोजन भएको छ।

    त्यस्तै वन, वन्यजन्तु तथा वातावरण संरक्षणका लागि एक अर्ब ३६ करोड, भौतिक पूर्वाधार तथा यातायातका लागि १३ अर्ब २१ करोड, आवास तथा शहरी विकासमा ५५ करोड, उर्जा तथा सिँचाईका लागि तीन अर्ब १५ करोड, खानेपानी तथा सरसफाईका क्षेत्रमा एक अर्ब ८२ करोड, सुरक्षा, कानून, सञ्चार तथा विपद् व्यवस्थापनमा, अर्थ योजना, तथ्याङ्क र विकास, सुशासन, क्षमता विकास र सेवाको प्रभावकारितमा पनि बजेटको व्यवस्था भएको जनाइएको छ।

    आर्थिक मामिला तथा योजनामन्त्री आङबुहाङले आर्थिक वर्ष २०७८/७९ को राजस्व र व्ययको वार्षिक अनुमान, आर्थिक विधेयक र विनियोजन विधेयक सदनमा टेबुल गरेका छन्।

    budgets-2078-79

  • ad space
  • सिफारिस