सडकमा सवारीसाधनकाे चाप बढेपछि ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गर्न थालेको छ।
सवारी साधन चाप बढेपछि चेकजाँच कडाइ हुँदा काठमाडौका विभिन्न ठाउँमा लामै जामसमेत भएको थियो। तर बाहिर हल्ला भएजस्तो निषेधाज्ञा पूरै खुकुलो भने भएको हाेइन। केही निश्चित क्षेत्रलाई मात्रै खुकुलो बनाइएको हाे।
खुकुलो भएको हल्लामा पास विना र निषेधित गरिएका सवारीसाधन सडकमा आएपछि ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको हो।
सवारीको चाप बढेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले निषेधाज्ञा चेकजाँचलाई थप कडा पारिएको जानकारी दिएको छ।
त्यस्तै आम नागरिकहरूको अत्यावश्यक सेवा र कामलाई थप सहजीकरण गर्दै एक जिल्लाबाट अर्को जिल्लामा पुग्ने नाकाहरू, मुख्य सडकहरू तथा भित्री सडकहरूमा ट्राफिक प्रहरीले चेकिङमा थप कडाइ गरेको छ।
महाशाखाले दिनमा ७५ स्थान र रातमा ३५ स्थानमा चेक प्वाइन्ट राखी सवारी साधनहरू चेक गर्ने व्यवस्था मिलाएको छ। भित्री क्षेत्रका लागि भने मोटरसाइकलमा ट्राफिक प्रहरी खटाएको छ।