• vacancy ad
  • देशभर २ हजार ७४५ जना संक्रमित थपिए, ४१ जनाको मृत्यु

  • Ad Space available
  • काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ७४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ४४९ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ६८१ र ५ हजार ८४१ जनामा गरिएको एन्टिजेन परीक्षणमा १ हजार ६४ जना गरी कुल २ हजार ७४५ जनामा संक्रमण पुष्टि भएको हो ।

    ad space

    कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घन्टामा ४ हजार १८७ जना संक्रमणमुक्त भएका छन्।

  • ad space
  • सिफारिस
    लोकप्रिय