
चितवन । लगातारको वर्षाका कारण नारायणी नदीमा पानीको सतहले अबेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नारायणी नदीमा पानीको ७.८ मिटर माथी पुगेको छ । यो खतराको संकेत भएको विभागले जनाएको छ ।
भरतपुर महानगरपालिकाको वडा नम्बर २६, २७ र २८ मा नारायणी नदीले बढी क्षति गर्ने गरेको छ । नदीमा पानीको बहाव बढ्दै जाँदा सम्भावित जोखिमबाट जोगिन जिल्ला प्रशासन कार्यालय चितवनले यसअघि नै सूचना जारी गरेर सतर्कता अपनाउन आग्रह गरेको छ ।
पहाडी क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले नारायणीमा पानीको सतह अझै बढ्न सक्ने जनाइएको छ ।
सिफारिस
लोकप्रिय