कर्णाली प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । योसँगै प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ भने दिउँसो चार बजेपछि प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले बजेट सार्वजनिक गर्ने भएका छन् ।
सभामुख राजबहादुर शाहीले मंगलबार सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरे छन् ।
नीति तथा कार्यक्रमलाई निर्णयार्थ पेश गर्दा सदनमा उपस्थित सांसदको संख्याको आधारमा बहुमत देखिएको भन्दै सभामुखले पारित भएको घोषणा गरेका हुन् ।
सिफारिस
लोकप्रिय



