• vacancy ad
  • दीप श्रेष्ठलाई संगीतकार संघले दियो २ लाख सहयोग

  • Ad Space available
  • संगीतकार संघले गायक तथा संगीतकार दीप श्रेष्ठलाई सहयोग गरेको छ । संगीतकार संघको कल्याणकारी कोषबाट उनलाई २ लाख रुपैँया सहयोग गरिएको हो ।

    केही दिन अगाडिमात्र कोरोना संक्रमणबाट मुक्त भई घर फर्किएका दीपलाई उपचार खर्च स्वरूप उक्त रकम सहयोग गरिएको संघका अध्यक्ष पासर मुकारुङले बताए ।

    ad space

    ‘हामीले समस्यामा परेका स्रष्टाहरुलाई अवस्था हेरेर सहयोग गर्दै आइरहेका छौँ । दीप दाइले लामो समय अस्पतालमा बस्नुपर्‍यो । उहाँको उपचार खर्च भनेर हामीले २ लाख दिने निर्णय गरेका हौँ’, अध्यक्ष मुकारुङले भने ।

    अध्यक्ष मुकारुङ कल्याणकारी कोषबाट पहिलादेखि नै सहयोग गर्दै आएको र आगमी दिनमा पनि सहयोग गर्दै जाने बताउँछन् ।

  • ad space
  • सिफारिस
    लोकप्रिय