
काठमाडौं । युरोकप फुटबलमा इंग्ल्याण्डले विजयी सुरुवात गरेको छ । आइतबार भएको खेलमा इंग्ल्याण्डले क्रोएसियालाई १–० ले पराजित गरेको हो ।
वेम्बली रंगशालामा भएको खेलमा इंग्ल्याण्डलाई जित दिलाउन रहिम स्टर्लिङले ५७ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । उनले काल्भिन फिलिप्सको पासमा गोल गरेका हुन् ।
योसँगै समूह डीमा इंग्ल्याण्डले ३ अंक जोडेको छ । यो समूहमा इंग्ल्याण्ड र क्रोएसियासँगै चेक रिपब्लिक र स्कटल्याण्ड रहेका छन् ।
सिफारिस
लोकप्रिय