एजेन्सी। डेनमार्कका मिडफिल्डर क्रिष्टियन एरिक्सनलाई फिनल्याण्डविरुद्धको खेलमा हृदयघात भएको डेनिस टोलीका चिकित्सकले बताएका छन् ।
शनिबारराति भएको खेलमा पहिलो हाफको अन्त्यतिर एरिक्सन अचानक मैदानमा नै ढल्न पुगेपछि आपतकालीन उपचार गरेर अस्पताल लगिएको थियो ।
उनको होस खुलेको र स्वास्थ्य अवस्था स्थिर रहेको डेनिस टोलीका चिकित्सक मोर्टेन बोएसेनले बताएका छन् ।
इटालियन क्लब इन्टर मिलानबाट व्यवसायिक फुटबल खेल्ने एरिक्सनले इन्टर मिलान र आफ्नो देशको राष्ट्रिय टिमलाई समेत सन्देश पठाएका छन् ।
डेनिस टिमका पदाधिकारीले एरिक्सन थप स्वास्थ्य परीक्षणका लागि अस्पतालमा नै रहेको जानकारी दिएका छन् ।
सिफारिस
लोकप्रिय