काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर र उपेन्द्र यादव समूहले एक अर्कामाथि गरेको कारबाहीलाई मान्यता दिन अस्वीकार गरेको छ ।
आयोगले कारबाही अस्वीकार गर्दै पुरानै पदाधिकारी कायम रहने निर्णय सुनाएको हो ।
उपेन्द्र यादव पक्षले कार्यकारिणी समितिको बहुमतले अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई निष्कासन गरेको थियो भने महन्थ ठाकुरले उपेन्द्र यादवलाई पार्टीबाट निश्कासन गरेको थियो ।
सिफारिस
लोकप्रिय