• vacancy ad
  • उपत्यकामा थप एक साता निषेधाज्ञा, पुस्तक पसल खोल्न पाउने

  • Ad Space available
  • काठमाडौं। काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप गरिएको छ । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञा एक साता बढाउने निर्णय गरेको हो।

    कोरोना भाइरस संक्रमणको जोखिम घटिनसकेको निष्कर्ष निकाल्दै तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो।

    ad space

    यद्यपि संक्रमण दर कम हुँदै गएकाले निषेधाज्ञालाई केही खुकुलो भने पारिएको छ । अब तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खुला हुनेछन् भने शैक्षिक सत्र सुरु हुने बेला भएकाले पुस्तक पसल पनि खोल्न दिने निर्णय गरेको छ । जसअनुसार पुस्तक पसल बिहान ११ बजेसम्म खुल्नेछन् ।

    यस्तै अपरान्ह ४ बजेपछि हार्डवेयर पसल पनि खोल्ने निर्णय भएको छ । कृषिको समय भएकाले त्यससम्बन्धी कार्यलाई सहजीकरण गर्ने निर्णय भएको छ भने विभिन्न मुलुकमा जानका लागि भिसा लिने प्रयोजनमा निस्किने व्यक्तिलाई पनि सहजीकरण गरिने भएको छ । उपत्यकामा १६ वैशाखदेखि लागू भएको निषेधाज्ञा त्यसयता निरन्तर जारी छ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय