युरोकप २०२० अन्तर्गत शनिबार भएको खेलमा फिनल्याण्डले डेनमार्कलाई हराएको छ । खेलको पुर्ण समयमा डेनमार्कले एक गोल गर्न सकेन भने फिनल्याण्डले १ गोल गर्न सकेको थियो । योसँगै यसै सिजनबाट डेब्यु गरेको फिनल्याण्डले विजयी सुरुवात गरेको छ ।
खेलको पहिलो हाफ गोलरहित बनेको थियो । ५९ औं मिनेटमा फिनल्याण्डका लागि जोयल फन्जापलोले पहिलो गोल गरेर टिमलाई अग्रता दिलाएका थिए ।
डेनमार्कले एक पटक पेनाल्टीको अवसर पाएको थियो । तर, उक्त अवसर गोलमा परिणत गर्न नसक्दा डेनमार्कले हार बेहोर्नु पर्यो ।
पहिलो हाफको अन्त्यमा डेनमार्कका खेलाडी क्रिस्टन एरिक्सन मैदानमा अनियन्त्रित भएर लड्न पुगेका थिए । जसबाट उनको स्वस्थ्यमा असर देखिएको थियो । अस्पताल पुर्याएर उपचार गरेपछि उनको स्वस्थ्य स्थितिमा सुधार आएको छ ।
युरोकप २०२० को समूह ‘बि’ अन्तर्गतको पहिलो खेल जितेपछि फिनल्याण्डले ३ अंक पाएको छ ।