• vacancy ad
  • को हुन् गण्डकी प्रदेशमा मुख्यमन्त्रीमा नियुक्त कृष्णचन्द्र नेपाली

  • Ad Space available
  • अन्तत गण्डकी प्रदेश मुख्यमन्त्रीका कांग्रेस नेता कृष्णचन्द्र नेपाली नियुक्त भएका छन् । उनी कांग्रेस प्रदेशसभा संसदीय दलका नेतासमेत हुन् । माओवादी, जनमोर्चा र स्वतन्त्र सांसदहरूका समेत सहभागीतमा बहुमत पुर्‍याएका नेपाली निष्ठवान नेताका रुपमा कांग्रेसभित्र चिनिन्छन् ।

    यस्तो छ उनको प्रोफाइल

    ad space

    ७१ वर्षीय पोखरेल पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय पात्र हुन् । नेपाली कांग्रेसको गण्डकी संसदीय दलका पोखरेल नवलपरासी पूर्व (क) बाट प्रत्यक्ष निर्वाचित सांसद बनेका हुन् ।

    २००६ साल मंसिर १३ गते तनहुँमा जन्मेका पोखरेल २०२८ सालबाट कांग्रेस राजनीतिमा प्रवेश गरेका हुन् । उनी विभिन्न आन्दोलनमा ५-६ पटक जेल परेका छन् । उनले भारतको दरभंगाबाट मानविकी र त्रिभुवन विश्वविद्यालयबाट कानूनमा स्नातक गरेका छन् ।

    २०७० सालको प्रतिनिधिसभा चुनावमा नवलपरासी क्षेत्र नं. ३ बाट चुनाव लडेका उनी २ सय २५ मतले हारेका थिए । २०४८ सालपछि उनी लगातार चार कार्यकाल कांग्रेस नवलपरासीको सभापति भएका थिए । कांग्रेसको १२ औं महाधिवेशनबाट उनी केन्द्रीय सदस्य बने थिए ।

  • ad space
  • सिफारिस
    लोकप्रिय