• vacancy ad
  • ज्ञानेन्द्र शाहीमाथि अज्ञात समूहद्वारा आक्रमण

  • Ad Space available
  • सुर्खेत । सामाजिक सञ्जाल मार्फत विभिन्न अभियानमा सकिर्य हुँदै आएका ज्ञानेन्द्र शाहीमाथि अज्ञात समूहले आक्रमण गरेको छ। शाहीसहित उनका केही साथिहरु माथी समेत अज्ञात समूहले सुर्खेतमा आक्रमण गरेको हो।

    उनीहरुलाई उपचारका लागि अस्पतालतर्फ लगिएको प्रहरीले जनाएको छ। आक्रमणबाट घाइतेहरुको टाउको, खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ।

    ad space

    आक्रमणबाट घाइते हुनेहरुमा शाहीसहित राजेश महत, कृष्ण पान्डे, तिलक बस्नेत, नितु खड्का, लोक बहादुर रोकाय, शान्त शर्मा, सीता आचार्य, महेश बीसी र खगेन्द्र बजगाईं रहेका छन्।
    मध्यराति अज्ञात समूहले उनीहरुमाथि आक्रमण गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) वसन्त पन्तले जानकारी दिए।

  • ad space
  • सिफारिस
    लोकप्रिय